ओमानका क्रिकेटर युसुफलाई ७ वर्ष प्रतिबन्ध

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ओमान क्रिकेट टीमका सदस्य युसुफ अब्दुलरहिम अल बालुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको छ ।
आइसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै आइसीसीले बलुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।
आइसीसीका अनुसार बालुसीले चार वटा नियम उल्लघंन गरेका छन् । उनले पनि आफूले गरेको लल्ती स्वीकार गरेका छन् । दुवईमा सन् २०१९ मा भएको इसीसी टी–२० क्वालिफायरमा बालुसीले भ्रष्टाचार विरोधी नियम उलंघन गरेका थिए ।
आइसीसीले उनलाई गत जनवरीमै निलम्बन गरेको थियो । त्यसपछि आइसीसीले थप अनुसन्धानबाट उनलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।
आइसीसी युसुफ अब्दुलरहिम अल बालुसी