प्रेमी उदिपसँग आँचलले गरिन् इन्गेजमेन्ट

काठमाडौँ। अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटेका हुन् ।
गएको एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरु यही फागुन २९ गते बैबाहिक जीवनमा बाँधिने बताइएको छ । आँचल र उदिपको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हुने छ । त्यस्तै, फागुन ३० गते उनीहरुले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेका छन् ।
‘नाईं नभन्नू ल ४’ बाट अभिनय करिअर सुरुवात गरेकी आँचलले विवाहपछि पनि फिल्म अभिनयमा सक्रिय रहने बताएकी छिन। हालै मात्र आंचलले चलचित्र झिंगेदाउको छयांकन सकाएकी छिन। विवाहपछि उनले ‘दुई रुपैयाँ’ टिमको ‘डामाडोल’ नामक फिल्म गर्नेछिन्।