हङकङमा नेपाली महिलाद्वारा भवनबाट हाम फालेर आत्महत्या

काठमाडौंः हङकङमा एक महिलाले भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् । २९ वर्षीया नेपाली महिलाले वान चाइस्थित एक अपार्टमेन्टबाट शनिबार हाम फालेको डिमसुम डेलीले जनाएको छ ।
उनको नाम भने खुलाइएको छैन । शनिबार हङकङ समयअनुसार मध्यान्न १२ बजेर ३४ मिनेटमा यो दुर्घटना भएको थियो ।
सुरुमा महिलाले अपार्टमेन्टबाट हामफाल्न खोजिरहँदा हङकङका प्रहरीले उनलाई त्यसो नगर्न आग्रह गरेका थिए ।
यद्यपी उनी ठूलो भवनबाट तल उफ्रिन् र आत्महत्या गरिन् । आत्महत्याको कारणबारे प्रहरीले यतिबेला अनुसन्धान थालेको छ ।
आत्महत्या हङकङ नेपाली महिला