स्वास्थ्य

चुरोटको धुँवाभन्दा हानिकारक हुन्छ अगरबत्तिको धुँवा

चुरोटको धुँवाभन्दा हानिकारक हुन्छ अगरबत्तिको धुँवा

 हाम्रो धर्ममा भगवानको पूजा गर्चना गर्नुलाई सबैभनदा महत्वपुर्ण मानिन्छ। पूजासंगै अगरबत्तीको पनि धेरै नै प्रयोग गरिन्छ। अगरबत्ती धार्मिक कार्यमा मात्र नभई जीवनमा शान्ति र समृद्धिको पनि संचार गर्दछ। तर के तपाईलाई थाहा छ ? अगरबत्तिको धुँवा चुरोटको धुँवा भन्दा पनि बढी खतरनाक छ। 

एक अध्ययनअनुसार अगरबत्तिको धुँवामा स-साना पार्टिकल्स हुन्छ जुन हावामा मिल्छ। यी सबै पार्टिकल्समा यस्तो टनिक्स हुन्छ जसले मानिसको शरीरभित्र भएको कोषहरुमा नोक्सान पुर्याउछ। चीनमा २०१५ सालमा गरिएको एक अनुसन्धान अनुसार बिशेषत: अगरबत्तीमा ३ प्रकारका टक्सिस पाइन्छ जसले क्यान्सर हुने सम्भावना बढी हुन्छ। 

अगरबत्तिको धुँवाले मानिसको शरीरमा जेनेटिक म्यूटेशन कारण डीएनएमा जुन प्रकारको परिवर्तन हुन्छ, त्यो हुन पाउदैन। जब हामी अगरबत्तिबाट निस्कने धुँवाको सुगन्ध सुँघ्ने प्रयास गर्छौं तब उक्त धुँवा सिधा हाम्रो फोक्सोमा पुग्छ। यसले स्वासप्रस्वासमा समस्या निम्त्याउछ। यस धुँवाभित्र ६४ प्रकारका कण पाइन्छ जसले सास फेर्ने प्रक्रियालाई रोक्न सक्छ। 

 

अगरबत्ती

विशेष