कमेडी च्याम्पियनको फाइनल चैत १ गते

काठमाडौँ। नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आगामी चैत्र १ गते हुने भएको छ ।
चैत १ गते राजधानीको होटेल सोल्टीमा हुने ‘ग्रान्ड फिनाले’ बाट च्याम्पियन घोषित गरिने निर्देशक बिशाल भण्डारीले जनाएका छन ।
कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका छन् ।
आयोजकले त्यसका लागि तीनै जना प्रतिस्पर्धीलाई चैत १ गते दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको छ जनाएको छ ।
ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित हुने बताईएको छ ।
कमेडी च्याम्पियन फाइनल