स्वास्थ्य

चीनका चिकित्सकले पत्ता लगाए कोरोनाविरुद्धको भ्याक्सिन

चीनका चिकित्सकले पत्ता लगाए कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी। चीनका एक चिकित्सकले कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ विकास गरेका छन ।

चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले कोरोना भाइरसबिरुद्ध ‘भ्याक्सिन’ विकास गरेका हाे ।

यो भ्याक्सीन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले बिकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट देखाएका थिएन ।

मुखबाट लिन सकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

कोरोना भ्याक्सिन

विशेष