खेल

एशिया-११ टोलीमा सन्दीप लामिछाने

एशिया-११ टोलीमा सन्दीप लामिछाने

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीको अवसरमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजमा खेल्ने भएका छन् ।

मार्च १८ र २१ मा ढाकामा हुनेसिरिजमा खेल्ने एशियाली खेलाडीहरुको छनौट गरी बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको एशिया-११ टोलीमा सन्दीप पर्न सफल भएका हुन् । १४ सदस्यीय टोलीमा नेपालबाट छनौट भएका सन्दीप एसोसिएट राष्ट्र मध्येकै एकमात्र खेलाडी हुन् ।

एशिया-११ टोलीमा सन्दीपसंगै भारतका विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन पनि रहेका छन् । यसैगरी क्रिकेटर तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान पनि सादीपकै टोलीमा रहेका छन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको विश्व-११ टोलीमा भने क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन लगायत छन् ।

सन्दिप लामिछाने एसिया-११

विशेष