राशिफल

आज कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

आज कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल फागुन महिनाको १५ गते बिहिबार, तदअनुसार सन् २०२० फेब्रुअरी २७ तारिख, तपाईका लागि आजको दिन कतिको शुभ रहला ? हेर्नुहोस राशिफल 

मेष–

कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । स्वास्थ्य अनुकुल रहला। पारिवारिक आनन्द प्राप्त हुनेछ। 

वृष–

लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथी भाईको सरसहयोग प्राप्त हुनेछ। 

मिथुन–

सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला। अधिकार प्राप्तिका लागि राम्रै संघर्ष गर्नुपर्ने देखिन्छ।  

कर्कट–

समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । प्रेम तथा मित्रताको बन्धन कसिने समय छ। 

सिंह–

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । मालसमान हराउने या छोरि हुने सम्भावना रहेको छ।  

कन्या–

अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । व्यापार व्यवसाय या नोकरीको क्षेत्रमा प्रगति हुनेछ। 

तुला–

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । सोचे अनुरुपको काम नबन्दा मानसिक चिन्ता बढ्ने छ। 

वृश्चिक–

पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु–

प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मकर–

आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला ।बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।

कुम्भ–

केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन–

मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

राशिफल

विशेष