ओली र दाहालका कारण गणतन्त्र कमजोर ( भिडियोसहित )
विद्यार्थी राजनीतिमा रहँदा निकै चर्चा कमाएका कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले अहिले कांग्रेसको संगठन सुदृढीकरणका लागि दोलखा जिल्लामा केन्द्रीत छन् । आफनो जिल्लामा बामपन्थीहरुको शक्ति बढेकाले त्यसलाई रोकी प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन आफू जिल्ला केन्द्रीत भएको उनी बताउँछन् ।
नेविसंघका पूर्व महामन्त्रीसमेत रहेका काफ्लेले नेपाल आजसंगको विशेष कुराकानीमा विद्यार्थी राजनीति, आफनो मातृ पार्टी र राष्ट्रिय राजनीतिका सवालमा तीखो विश्लेषण गरेका छन् । उनीसंग भएको कुराकानीका केही महत्वपूर्ण अंश यस्ता छन् :
क ) नेविसंघको अहिलेको तदर्थसमिति विधान विपरित छ । विधान विपरित गठन भएको समितिले ६ महिना भित्र संघको अधिवेशन गराउन सक्दैन ।
ख ) कांग्रेस सभापतिसहित सिंगो केन्द्रीय समिति नेविसंघलाई तदर्थबादमा चलाउन चाहन्छ । कांग्रेस नेतृत्व भ्रातृ संगठनको व्यवस्थापन गर्न, पार्टी चलाउन र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न असफल भयो ।
ग ) कांग्रेसले आगामी महाधिवेशनबाट चमत्कारिक नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वले युवादेखि पुराना नेताहरु सबैलाई मिलाएर लैजाने छ । यो निश्चित छ ।
घ ) गगन थापा, प्रदीप पौडेलहरुमा आशा छ, तर नेविसंघको निर्णयका विषयमा उहाँहरु पनि चुक्नुभयो ।
ङ ) अहिलेको सरकार र नेकपा भन्ने पार्टी लुटेराहरुको संगठन हो । स्थानीय तहदेखि केन्द्रसम्म जहाँ पनि लुटैलुट छ ।
च ) प्रधानमन्त्री केपी शर्मा ओली सबै किसिमका लुटका नाइके हुन् । यती होल्डिङस प्रकरण, गोकुल बास्कोटा प्रकरण, बालुवाटार जग्गा प्रकरण लगायतले उनी भ्रष्टाचारका संरक्षक हुन भन्ने प्रमाणित भैसक्यो ।
छ ) सरकारले योजनाबद्ध रुपमा स्ववियू निर्वाचन नगराएको हो । सरकार र पार्टीका गलत काम विद्यार्थी माझ नपुगुन भनेर निर्वाचन स्थगित गरेको जगजाहेर छ । निर्वाचन होस मात्रै नेविसंघले जितेर देखाउँछ ।
ज ) नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका कारण गणतन्त्र कमजोर हुँदैछ । दुवै जनाका गतिविधि गणतन्त्रलाई मास्न उद्धत देखिन्छ ।
झ) सरकार र नेकपाको प्राथमिकतामा ‘गणतन्त्र र राष्ट्रियता’ परेको छैन । उनीहरुको पहिलो प्राथमिकता भनेको आफनो स्वार्थ मात्र हो । आफनो स्वार्थ पूरा गर्न उनीहरु जे पनि गर्न तयार हुन्छन् ।
ञ) प्रधानमन्त्री ओली अविश्वासी नेताका रुपमा चिनिएका छन् । उनको बोलीको कसैले विश्वास गर्दैन । कति बेला के बोल्छन् कुनै ठेगान छैन ।