चटकको पराकाष्ठा!

काठमाडौंः फिल्मको भाषामा भन्नुपर्दा फ्लप अभिनेता हुन्, आयुष्मान देशराज। न उनका फिल्मले कहिल्यै प्रशंसा पाएका छन्, न उनको अभिनयले। जेजति चर्चामा छन्, प्रियंका कार्कीसँगको अफेयर र विवाहको खबरले।
आयुष्मान प्रियंकाले जताजता डोर्यायो, त्यतैत्यतै हिँडिरहेका छन्। अरूमा त प्रियंकाको नक्कल ठीकै छ, हुँदाहुँदा ब्याचलर्स पार्टीमा पनि आयुष्मान सिर्जनशील हुन सकेनन्। बिहेअघि गरिने, ब्याचलर्स पार्टी पनि आयुष्मानले दुरुस्तै गरेका छन्। प्रियंकाले पार्टीमा साथीहरूसँग जे–जे गरेकी थिइन्, आयुष्मानले पनि उही–उही गरेका छन्।
प्रियंकाले जेजसरी फोटो खिचाएकी छिन्, उनले पनि त्यसै गरी फोटो खिचाउन छुटाएका छैनन्। तर, उनको यो नक्कलमाथि धेरैले भद्दा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा ट्रोलको ओइरो छ भने टाइमलाइनमा उनका क्रियाकलापलाई ‘चटक’को संज्ञा दिइएको छ।
जे चिजमा पनि पब्लिसिटी खोज्ने बानी प्रियंकाको छ। उनको संगतले आयुष्मानले पनि यो गुण सिकेछन्। तर, के यो चटकले आयुष्मानलाई फाइदा गर्ला ?यो खबर अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।
प्रियंका कार्की आयुष्मान देशराज चटक