खेल

इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन म्याचमा ललितपुर र पोखरा खेल्ने

इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन म्याचमा ललितपुर र पोखरा खेल्ने

काठमाडौंः आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ ।

मार्च १४ देखि २८ तारिखसम्म कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुन लागेको इपीएलको खेल तालिका आयोजकले आज सार्वजनिक गरिएको हो । प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक अरु दिनमा २–२ म्याच हुने छन् ।

६ टिमको सहभागिता रहेको इपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज खेल्ने छन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुने छ । प्रतियोगिताको दोस्रो दिनबाट भने विहान १० वजेदेखि पहिलो र २ बजे दोस्रो खेल सुरु हुने आयोजकले जनाएको छ ।

खेल तालिका

इपीएल एभरेष्ट प्रिमियर लिग

विशेष