Technology

एनसेलले ल्यायो 'ह्याप्पी आवर अन रिचार्ज' अफर

एनसेलले ल्यायो 'ह्याप्पी आवर अन रिचार्ज' अफर

काठमाडौँ। एनसेल प्राइभेट लिमिटेडले आफ्नो 'अझै नजिकिन्छ सम्बन्ध' योजनाअन्तर्गत 'ह्याप्पी आवर अन रिचार्ज' अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् । 

यो अफर फागुन १५ गते बिहीबारदेखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याइएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैंसा प्रतिमिनेट (कर सहित  १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्स१७१०६ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागी गराउन सक्छन् ।

यसरी अफर सूचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् ।  २००,  ३०० र  ५००सय रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकले १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्‍याउनु साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्टिक्स१७१०६एस्टिक्स१ह्यास् डायलगरी आफूले सूचारु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्नेछन्।

एनसेल ह्याप्पी आवर अन रिचार्ज

विशेष