खेल

एसीसी इस्टर्न रिजन कपः मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

एसीसी इस्टर्न रिजन कपः मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

काठमाडौंः शनिबारबाट थाइल्याण्डमा सुरु हुने एसीसी टी–२० इस्टर्न रिजन कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको खेल शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । पछिल्लो समय मलेसिया राम्रो लयमा देखिएकाले नेपाललाई उसले बलियो चुनौती दिनसक्ने सम्भावना छ ।

केही दिनअघि घरेलु मैदानमा हङकङविरुद्ध भएको पाँच खेलको टी–२० श्रृखंलामा मलेसियाले ५–० ले ‘क्लिन स्विप’ गरेको थियो । हालसम्म नेपाललाई हराउन नसके पनि पछिल्लो समय मलेसियाले चुनौती दिँदै आएको छ । पछिल्ला तीन टी–२० म्याचमा नेपालसँग मलेसिया पराजित भएको थियो । यी तीन खेलमा नेपालसँग मलेसिया एक खेलमा ६ रनको झिनो अन्तरले पराजित भएको थियो ।

नेपालले मलेसियालाई हराउँदै जारी प्रतियोगितामो सुरुवात गर्न चाहन्छ । त्यही अनुसार पनि नेपालले तयारी गरेको छ । थाइल्याण्ड जानुअघि नेपाली क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले पनि उद्देश्य ‘च्याम्पियन’ बन्ने रहेको बताएका थिए ।

प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने २ टीम इस्टर्न रिजन एसिया कप छनोटमा पुग्ने छन् । वेस्टर्न रिजनबाट कुवेत र यूएई एसिया कप छनोटमा प्रवेश गरिसकेका छन् । एसिया कप छनोटमा विजेता टीमले एसिया कप खेल्ने मौका पाउने छ ।

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान),   आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी (विकेटकीपर), सन्दीप जोरा, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र सुशन भारी । 

सम्भावित बेन्चः पवन सरार्फ, भुवन कार्की र किशोर महतो । 
      
 

मलेसियाविरुद्ध नेपाल टी–२० इस्टर्न रिजन कप सम्भावित प्लेइङ ११

विशेष