नेपाल आइडलबाट बाहिरिइन् रचना रिमाल

काठमाडौंः फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा झापाकी रचना प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।
तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी आयोजकले जनाएको छ ।
उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको थियो । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् ।
रचना बाहिरिएसँगै नेपाल आइडल सिजन–३ को टप–७ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, किरणकुमार भुजेल, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका छन् ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।