मनोरञ्जन

सनी लियोनको बलिउड ‘करियर’ संकटमा!

सनी लियोनको बलिउड ‘करियर’ संकटमा!

तीन वर्षयता सनी लियोनले फिल्मको मुख्य भूमिका निभाएकी छैनन् । अहिले उनको हातमा कुनै पनि फिल्म परेको छैन । सनी केही वर्षदेखि नै फिल्ममा स–साना भूमिका र फिल्मको गीतमाबाहेक देखिन छाडेकी छिन् । 

के त्यसो हो भने उनको बलिउड करिअर सकिएकै हो? के अब निर्माता र निर्देशकले उनीलाई फिल्ममा खेलाउँदा फाइदा देख्न छाडेकै हुन त? 

आश्चर्यको कुरा के छ भने सनी लियोनलाई अहिले पनि सर्वाधिक खोजी गर्ने गरिन्छ । हरेक वर्ष उनको नाम सर्वाधिक खोजी गरिने सेलिब्रेटीमा पर्छिन् । तर फिल्ममा उनको लागि ठाउँ नै छैन । 

यसै सन्दर्भमा सोधिएको प्रश्नमा सनी लियोनले आफूलाई अझै पनि निर्माता र निर्देशकले फिल्मको लागि अफर गरिरहेको तर आफूलाई मनपर्ने फिल्मको कथावस्तु नभेटेको जानकारी दिएकी छिन् । 

बी र सी ग्रेडको फिल्मको लागि निर्माता नै सनी लियोनलाई अफर गर्न गइरहेका छन् तर त्यस्ता फिल्ममा सनी शो पीस मात्रै हुने गरेको भन्दै त्यस्ता फिल्मको सीन र फिल्मबाट टाढा रहेको बताउँछिन् । 

ठूला फिल्ममा सनीको लागि ठाउँ नभएको र अहिलेसम्म उनलाई राम्रो अभिनेत्रीको रुपमा परिचित गराउँन राम्रो फिल्ममा काम गर्न नपाएको गुनासो समेत सनीले पोखिन् । 

अनौठो स्थिति के छ भने सनी जो सँग काम गर्न चाहान्छिन् उनीहरु उनीसँग काम गर्न नचाहाने र जो सनीसँग काम गर्न चाहान्छन् उनी ती व्यक्तिहरुसँग काम गर्न चाहेकी छैनन् । यस्तो परिस्थितीमा सनीको करियर के हुने हो अनुमान लगाउन मुश्किल छ । –एजेन्सी

सनी लियोन बलिउड

विशेष