मनोरञ्जन

फ्राइडे रिलिज: एक्लै आयो 'धुलो'

फ्राइडे रिलिज: एक्लै आयो 'धुलो'

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली कथानक चलचित्र 'धुलो' प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

सिंगल रिलिजको अवसर पाएको यस चलचित्रले देशभरका चलचित्र घर भने सबै पाएको छैन, कारण अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस। यी चलचित्रहरुले सिनेमा घरहरुमा उत्साहप्रद व्यापार गरिरहेका छन। 

काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको कथामा आधारित यस चलचित्रमा  बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको छ।  

चलचित्र धुलोलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन्।  

 

फ्राइडे रिलिज धुलो

विशेष