खेल

इशान्त शर्माले न्यूजिल्याण्डसँगको दोस्रो टेष्ट गुमाउने

इशान्त शर्माले न्यूजिल्याण्डसँगको दोस्रो टेष्ट गुमाउने

काठमाडौंः न्यूजिल्याण्डसँगको दोस्रो टेष्ट म्याच खेलनु अघि भारतीय टीमलाई ठूलो झड्का लागेको छ । टीमका महत्वपूर्ण सदस्य इशान्त शर्मा फेरि घाइते भएपछि दोस्रो टेष्ट अघि भारतीय टीमलाई झड्का लागेको हो । उनी रणजी ट्रफी खेल्ने क्रममा घाइते भएका थिए ।

केही समय विश्राम लिएका इशान्तले फिटनेस टेष्ट पास गर्दै न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याच खेलेका थिए । फेरि उनको चोटमा समस्या आएकाले न्यूजिल्याण्डसँगको दोस्रो टेष्ट गुमाउने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

इशान्तले न्यूजिल्याण्डसँगको पहिलो टेष्टमा शानदार बलिङ गरेका थिए । वेलिंगटनमा भएको उक्त टेष्टको पहिलो इनिङ्समा उनले २२.२ ओभर बलिङ गर्दै ६ मेडनसहित ५ विकेट लिएका थिए । इशान्तको स्थानमा भारतले दोस्रो टेष्टमा उमेश यादवलाई प्लेइङ ११ मा समावेश गर्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

उमेशले भारतका लागि खेलेको ४५ टेष्ट म्याचमा १४२ विकेट लिइसकेका छन् । भारत–न्यूजिल्याण्डबीचको दोस्रो टेष्ट शुनिबार खेल्दै छ । दुई खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ । पहिलो टेष्टमा न्यूजिल्याण्डले भारतलाई १० विकेटले हराएको थियो ।

न्यूजिल्याण्डविरुद्ध भारत टेष्ट सिरिज इशान्त शर्मा

विशेष