मनोरञ्जन

नेहालाई बुहारी नै बनाउन चाहन्थे उदित नारायण, तर .....

नेहालाई बुहारी नै बनाउन चाहन्थे उदित नारायण, तर .....

एजेन्सी। नेहा कक्कर र अदित्य नारायण झाको सम्बन्धको बारेमा इन्डियन आइडल ११ को सेट खुबै  चर्चा भयो । यस शो मा पहिले आदित्यले हासी मजाक गर्दै नेहालाई प्रपोज गरेका थिए । पछि सेटमै नेहा आदित्यको परिवार आएर उनीहरुलाई आशिर्वाद समेत दिएका थिए।  यसै क्रममा उदित नारायणले त् नेहालाई सेटमा बुहारी नै समेत भनेका थिए। 

त्यसपश्चात दुबैको विवाहको खबरले फिल्मी बजार तात्न थाल्यो । तर जब शो सकियो तब दुबैले आफूबीचमा त्यस्तो कुनै सम्बन्ध नरहेको बताए । यसै सन्दर्भलाई लिएर हालै मात्र उदितले अन्तर्वार्ताको क्रममा यस्तो कुराको खुलासा गरेका छन 

वास्तवमा नेहा आदित्यले इन्डियन आइडलको शो सकिएलगत्तै बिवाह गर्नु, प्रपोज गर्नु मजाक मात्र रहेको र शोको टीआरपी बढाउनका लागि यस्तो गरेको बताईरहेका छन । यसका साथै नेहाले पनि सामजिक संजालमा पोस्ट गर्दै आदित्य छिट्टै नै गर्लफ्रेन्डसँग विवाह गर्न लागेको बताएकी थिइन्। 

अन्तरवार्ताको दौरानमा उदितले भने, बुहारीको रुपमा नेहालाई आफ्नो घरमा भित्राउन सार्है मन लागेको थियो , व्यक्तिगत रुपमा पनि मलाई नेहा मलाई धेरै नै मन पर्ने गायिका हुन् । ' उदितले थपे ,तपाई एकिन मान्नु हुन्छ हुँदैन म आदित्यलाई नेहाको नाम लिएर धेरै नै जिस्काउने गर्छु, मैले भन्छु तिमीले नेहासंग जसरी पनि बिवाह गर्नुपर्छ तर आदित्यले मेरो कुरालाई मजाकमै उडाईरहेका छन, उनि अहिले आफ्नो करियरमा नै फोकस गरिरहेका छन।  यसै क्रममा उदितले नेहा बलिउडकी एक प्यारी र सफल गायिका रहेको पनि बताएका छन। 

इन्डियन आइडलको शो सकिने बित्तिकै नेहा र आदित्यले टोनी कक्करको म्युजिक भिडियो 'गोवावाले बिच' मा काम पनि गरेका थिए। जुन भिडियोमा नेहा र आदित्यको केमेस्ट्रीलाई दर्शकले रुचाईरहेका छन।  


 

नेहा कक्कर उदितनारायण झा

विशेष