Technology

पृथ्वीमा भेटियो दोस्रो चन्द्रमा: सानो कारको जत्रो आकार भएको बैज्ञानिकको दाबी

पृथ्वीमा भेटियो दोस्रो चन्द्रमा: सानो कारको जत्रो आकार भएको बैज्ञानिकको दाबी

पृथ्वीमा एक मात्र चन्द्रमा छ। त्यो त हामीलाई थाहा भएकै कुरा हो, तर पृथ्वीमा अर्को एक चन्द्रमा पनि भेटिएको छ। धुम्रकेतु र क्षुद्रग्रहको खोजी गर्ने अमेरिकी संस्था 'क्याटलीन स्काई सर्वे' ले अन्तरिक्षमा एक वस्तु पत्ता लगाएको छ जुन करिब ३ बर्षदेखी पृथ्वीको गुरुत्वाकर्षणले अडिएको छ। बैज्ञानिकहरुले यसलाई  '2020 CD3' को नाम दिएका छन।  

१९ फेब्रुअरीमा 'क्याटलीन स्काई सर्वे' का खगोलविदले एक सुक्ष्म चिज पृथ्वीमा घुमेको देखेका थिए, जुन पृथ्वीदेखि निकै नै नजिक थियो र आकारमा चन्द्रमा भन्दा सानो थियो। जब यसलाई अन्य अध्ययनकर्ताहरुले अध्ययन गरे तब उनीहरुले यसलाई मिनीमून अर्थात् सानो चन्द्रमाको रुपमा लिन सकिने बताए। शोधकर्ताका अनुसार यो नयाँ र अस्थायी मिनिमुन १.९ मित्र र ३.५ मिटरको बिचको छ जुन लगभग एक सानो आकारको कार समान छ। 

'क्याटलीन स्काई सर्वे' का खगोलविद केस्पर विर्कोज ले १९ फेब्रुअरीमा ट्वीट गरेका थिए' मैले र मेरा क्याटालिना स्काई सर्विस टिमका साथीहरु मिलेर २० औँ मैग्नीट्यूडको एक बस्तु खोजेका छौं। त्यस्तै इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन मिरर प्लानेट सेन्टरले आफ्नो अधिकारिक रिलिजमा भनेका छन , यो वस्तु अस्थायी रुपमा पृथ्वीको गुरुत्वाकर्षणसंग बाँधिएको छ। खगोविदका अनुसार यो पृथ्वीबाट आफसे आफ अलग्गिएको हो। 

पृथ्वीमा चन्द्रमा भेटिएको यो पहिलोपटक भने होइन यस भन्दा पहिले २००६ सालमा  RH120 नामक पृथ्वीको अस्थायी चन्द्रमा भेटिएको थियो। जुन २००६ जुन देखि २००७ सम्म पृथ्वीको गुरुत्वाकर्षणभित्र बनेको थियो र केहि समय पछि आफै बिलिन भएको थियो। 2020 CD3 पनि सम्भवत अस्थायी रहन सक्ने बैज्ञानिकको अनुमान छ। 


 

मिनिमुन

विशेष