मनोरञ्जन

मोडल खुस्बु ओलीलाई २ बर्षको कैद सजाय

मोडल खुस्बु ओलीलाई २ बर्षको कैद सजाय

काठमाडौँ। मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्षको कैद सजाय सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज ८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै ३६ लाख रुपैयाँ सापटी लिईन । व्याज सहित फिर्ता गर्ने सर्तमा पैसा लिएकी ओलीले कटुवाललाइ समयमा पैसा फिर्ता गर्न सकिनन् ।

दिएको चेक पनि बाउन्स भयो । त्यसविचमा कटुवालले पटक पटक खुश्बुलाई भेट्ने प्रयास गरे पनि खुस्बु सम्पर्क विहिन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्धामा फैशला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको छ ।

जेल सजाय खुस्बु ओली

विशेष