स्वास्थ्य

आवश्यकता भन्दा बढी पानी पिउनुका बेफाइदाहरु

आवश्यकता भन्दा बढी पानी पिउनुका बेफाइदाहरु

धेरै भन्दा धेरै पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ। डाक्टरहरुले पनि स्वस्थ रहनका लागि प्रसस्त पानी पिउने सल्लाह दिने गर्छन। प्रसस्त पानी पिउनु स्वास्थ्यका लागि जति फाइदाजनक छ त्यति नै यसको हानी पनि। भनिन्छ, एक स्वस्थ मानिसका लागि दिनमा कम्तिमा पनि २-३ लिटर पानी पिउनु आवश्यक छ। अन्यथा शरीरमा पानीको मात्रा बढी भएको खण्डमा यस्ता खालका समस्याहरु देखिने गर्छन 

-अत्याधिक मात्रामा पानीको सेवन गर्नाले मोटोपन बढ्ने समस्या हुन्छ। आवश्यकता भन्दा बढी पानी किड्नीले फाल्न सक्षम नहुने भएकाले पनि यसबाट विभिन्न समस्या निम्तन सक्छ । 

-आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ। 

-दैनिक पिउने कफि र चियाको मात्रा हेरेर पनि पानी पिउनु आवश्यक छ । ४ कप चिया वा कफि पिउँदा ८ गिलास पानीको आवश्यकता पर्दछ । किनकी चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ। 

-धेरै पानी पिउनाले हाडजोर्नी सम्बन्धी समस्या पनि देखा पर्न थाल्छ। 

-अत्याधिक मात्रामा पानी पिउनाले शरीरमा इलेक्ट्रोलाईट ब्याक्टेरिया नाश हुन थाल्छ र यस्न्मा असन्तुलन देखिन थाल्छ। जसले गर्दा पेटसम्बन्धी समस्या देखिन थाल्छ। 

-मुटु रोगी तथा रक्तचाप भएका बिरामीहरुले सकेसम्म कम पानी पिउनु पर्छ। 

-धेरै पानी पिउनाले पाचन सम्बन्धी समस्या पनि निम्तन सक्छ। 

-एकैपटकमा धेरै पानी पनि पिउनु हुँदैन। चिया कफी पिएको जसरी थोरै थोरै पानी पिएमा धेरै नै फाइदा हुन्छ।  

 

 

पानी पिउनु

विशेष