राशिफल

कस्तो छ तपाइको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

कस्तो छ तपाइको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस फागुन १७ गतेदेखि २३ गतेसम्मको तपाईको साप्ताहिक राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वाहन लाभको योग पनि छ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय छ । 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

वैदेशिक क्षेत्र कमजोर रहनेछ । सामान हराउने वा चोरी हुने भय छ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

रमाइलो यात्राको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी व्यवसायबाट राम्रै लाभ हुने देखिन्छ। समग्रमा तपाईको यो साता सुखद रहने छ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

लामो समयदेखि रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छन् । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मान सम्मान मिल्नेछ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

नियमित खर्चसमेत बढ्ने योग छ । व्यवसायमा मन्दी आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । सोमवारबाट धन र व्यवहारमा फाइदा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

चिताएको कामले तीव्रता लिनेछ । आतिथ्य सत्कार पाइनेछ । धार्मिक कार्यमा मन जानेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । झंझटीलो कार्यमा समय खेरा जाला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

 धार्मिक र सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । स्वादिष्ट भोजनको अवसर पाईनेछ । आफन्तसंग रमणीय र सुखद् यात्राको योग छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

काम गर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तिर्थाटनको योगपनि रहेको छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । कार्यक्षेत्रमा सफलता पाउन ठुलो संघर्ष गर्नुपर्ने देखिन्छ । दाम्पत्यजिवनमा खटपट देखिएला अलि सजक हुनुपर्ने छ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । रोकिएको धन हाता पर्न सक्छ र सुखद् यात्राको योग पनि छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक,सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । 

#Weekly Horoscope

विशेष