खेल

नेपाल र ओमानसँग सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन क्रिकेट टिम

नेपाल र ओमानसँग सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन क्रिकेट टिम

काठमाडौंः आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि अमेरिकन क्रिकेट टीम नेपाल आइपुगेको छ । भारतको मुम्बईमा करीब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकन टीम आइतबार नेपाल आइपुगेको हो ।

मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टीम प्रतियोगिता भन्दा तीन दिन अगाडि काठमाडौं पुगेको हो । आइतबार राति ८ बजे काठमाडौं पुग्ने तालिका भएपनि विमान डिले हुँदा राति साढे १० बजे मात्र टीटिम नेपाल पुगेको हो ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ को तालिकाको शिर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो । उसले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो ।

अमेरिकी टीमले काठमाडौंमा सोमबार कीर्तिपुरमा अभ्यास गर्नेछ । यस्तै मंगलबार मूलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ । त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरिकाले करिव १० बर्षपछि नेपाली भूमिमा प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा अमेरिका उपविजेता बनेको थियो । सो बेला खेलेका टिमका कुनै पनि खेलाडी अहिले छैनन् ।

त्रिकोणात्मक सिरिज विश्वकप क्रिकेट लिग अमेरिकन क्रिकेट टीम

विशेष