खेल

चलचित्रमा देखिँदै भारतीय क्रिकेटर हरभजन सिंह

चलचित्रमा देखिँदै भारतीय क्रिकेटर हरभजन सिंह

काठमाडौंः भारतीय क्रिकेट टीमका स्टार स्पिनर हरभजन सिंहलाई अब चलचित्रमा पनि देख्न पाइने भएको छ । उनी छिट्टै चलचित्र ‘फ्रेण्डसिप’मा मुख्य भूमिकामा देखिँदै छन् । हरभजन चलचित्रको मुख्य भूमिकामा खेल्न पाउने पहिलो भारतीय क्रिकेटर हुन् । उनले खेल्ने चलचित्र ‘फ्रेण्डसिप’ को पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

३९ वर्षीय सिंह पछिल्लो समय भारतीय टीमभन्दा बाहिर छन् । उनी अहिले कमेन्टेटरको रुपमा व्यस्त छन् । यसका अलवा हरभजन चेन्नई सुपर किंग्स (सीएसके)बाट आइपीएल खेलिरहेका छन् । लामो समयदेखि टीमबाट रहेका उनले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन् ।

हरभजनले भारतका लागि १०३ टेष्ट, १३६ वानडे र २८ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले टेष्टमा ४१७, वानडेमा २६९ र टी–२० २५ विकेट आफ्नो नाममा बनाएका छन् ।

भारतीय क्रिकेट टीम हरभजन सिंह चलचित्र

विशेष