खेल

तमिम इकबालले प्रहार तेहेरो शतक, बनाए यस्तो कीर्तिमान

तमिम इकबालले प्रहार तेहेरो शतक, बनाए यस्तो कीर्तिमान

काठमाडौंः बंगलादेश क्रिकेट टीमका अनुभवी ब्याट्सम्यान तमिम इकबालले प्रथम श्रेणी क्रिकेटमा तेहेरो शतक बनाएका छन् । उनले बंगलादेश क्रिकेट लिग (बीसीएल) को एक म्याचमा तेहेरो शतक बनाएका हुन् । योसँगै इकबालले आफ्नो देशका लागि नयाँ कीर्तिमान बनाएका छन् । उनले प्रथम श्रेणीको म्याचको एकै पारीमा सर्बाधिक रन बनाउँदै नयाँ कीर्तिमान बनाएका हुन् ।

इकबालले आइतबार बीसीएलमा सेन्ट्रल जोनविरुद्ध अविजित ३ सय ३४ रन बनाए । बायाँ हाते ब्याट्सम्यान उनले इस्ट जोनका लागि ४२६ बलमा ४२ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३ सय ३४ रन बनाएका हुन् । बंगलादेशको प्रथम श्रेणी क्रिकेटमा तेहेरो शतक बनाउने इकबाल दोस्रो खेलाडी हुन् ।

यसअघि बंगलादेशका रकीबुल हसनले प्रथम श्रेणी क्रिकेटमा ३ सय १३ रन बनाएका थिए । तमीमले अविजित ३ सय ३४ रन बनाउँदै बंगलादेशका लागि नयाँ इतिहास रचे । बंगलादेशले ७ फेब्रुअरीदेखि पाकिस्तानसँग एक टेष्ट म्याच खेल्दै छ ।

प्रथम श्रेणी क्रिकेट बंगलादेश क्रिकेट टीम तमिम इकबाल तेहेरो शतक

विशेष