राशिफल

कुन राशिका लागि शुभ रहला बुधबार ? हेर्नुहोस आजको राशिफल

कुन राशिका लागि शुभ रहला बुधबार ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल माघ महिनाको २२ गते बुधबार, तदअनुसार सन् २०२० फेब्रुअरी ५ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।

#Daily Horoscope

विशेष