ओमानद्वारा नेपालसामु १९८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ। आईसीसी लिग डिभिजन -२ प्रतियोगिताको पहिलो खेलमा ओमानले नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कुनै समय ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाएपनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग फार्दै टोलीलाई औसत योगफलसम्म पुर्याए । नदीमले अविजित रहँदै ६९ रनको योगदान दिए । उनले पाँच चौका र दुई छक्का लगाए।
ओमानका लागि सन्दीप गौडले दोस्रो सर्वाधिक ३३ तथा नसिम खुशीले २८ रनको पारी खेले। बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहे ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ्ग गर्दै नौ ओभरमा मात्र ४७ रन खर्चेर चार विकेट लिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरको स्पैलमा मात्र १४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए । सन्दीप लामिछानेले दश ओभर बलिङ्ग गरेपनि विकेटविहीन बन्न पुगे । पारस खड्काले सात ओभर बलिङ्ग गरेपनि ३० रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन । अविनाश बोहराले नौ ओभरमा ३८ रन खर्चिए।
आईसीसी लिग डिभिजन -२