मनोरञ्जन

अनुष्काले गराईन बोल्ड फोटोसुट, सामाजिक सञ्जालमा चर्चा नै चर्चा

अनुष्काले गराईन बोल्ड फोटोसुट, सामाजिक सञ्जालमा चर्चा नै चर्चा

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि चलचित्र क्षेत्रबाट गायब छिन। जिरो उनि अभिनित पछिल्लो चलचित्र हो। जसले बक्स अफिसमा पानीसम्म पनि भन्न भ्याएन।  

तथापी अनुष्का सामाजिक संजालमा भने सक्रिय छिन। हालै मात्र अनुष्काले आफ्नो इंस्टाग्राम अकाउन्टमा केहि तस्बिर शेयर गरेकी छिन। जसमा उनि निकै आकर्षक देखिएकी छिन।

उनले यो फोटोसुट गार्जियन म्यागजिनका लागि खिचाएकी हुन्। यतिखेर उक्त तस्बिर सामाजिक संजालमा  भाइरल भईरहेको छ।  

तस्बिरमा अनुष्का निलो आँखामा देखिएकी छिन। उनको नशालु आँखा देखेर बिराटका साथीहरु पनि कमेन्ट गरिरहेका  छन 'बिरुस्काले घायल पार्यो' 

वर्कफ्रन्टको कुरा गर्दा अनुष्काको हातमा यतिबेला कुनै पनि चलचित्र छैन। तस्बिरका अलावा उनि बिराटका कारण पनि चर्चामा आउने गर्छिन।  

 

अनुष्का शर्मा फोटोसुट

विशेष