मनोरञ्जन

अक्षय र कट्रिना अभिनित यी ५ चलचित्र, जसले मच्चाएका थिए बक्स अफिसमा धमाका

अक्षय र कट्रिना अभिनित यी ५ चलचित्र,  जसले मच्चाएका थिए बक्स अफिसमा धमाका

एजेन्सी। अभिनेता अक्षय कुमार र कट्रिना कैफ लामो समयपछि एकसाथ चलचित्रमा देखिंदैछन। एक दशक पश्चात यी दुई चलचित्र 'सूर्यवंशी' मा देखिंदैछन। यसभन्दा पहिले अक्षय र कट्रिनाले २०१० मा 'तीस मार खा' मा काम गरेका थिए। रोहित शेट्टीद्वारा निर्देशित सूर्यवंशीलाई यस बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। अक्षय र कट्रिनाले भलै १० वर्षपछि काम गर्दै होलान तर पहिले पनि यी दुई अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाईसकेका छन।

नमस्ते लण्डन 

अक्षय र कट्रिना अभिनित चलचित्र नमस्ते लण्डनलाई कट्रिनाको करियरको टर्निंग प्वाइंट मानिन्छ। यसै चलचित्र पश्चात कट्रिनाले बक्स अफिसमा एकपछि अर्को हिट चलचित्र दिन सफल भएकी थिइन्।  यस चलचित्रमा अक्षय एक पंजाबीको भूमिकामा देखिएका थिए भने कट्रिनाले हाफ ब्रिटिस हाफ इन्डियनको भूमिकामा निभाएकी थिइन्। सन् २००७ मा रिलिज भएको यस चलचित्रले ७० करोडको व्यापार गर्न सफल भएको थियो।  

सिंह इज किङ्ग 

सिंह इज किङ्ग पनि अक्षय र कट्रिना अभिनित अर्को सफल चलचित्र हो। यस चलचित्रले आजभन्दा १२ वर्ष पहिले वर्ल्डवाइड रुपमा १ सय २३ करोडको कलेक्सन गरेको थियो।  

वेलकम 

अनिज बज्मीद्वारा निर्देशित वेलकम पनि बक्स अफिसमा हिट भएको चलचित्र हो।  यस चलचित्रमा अक्षय कुमार, नाना पाटेकर र अनिल कपुरको भरपुर कमेडी देख्न सकिन्छ। चलचित्र हिट हुनुमा कट्रिनाको पनि बिशेष योगदान रहेको छ। २००७ सालमा रिलिज भएको यस चलचित्रले विश्वब्यापी रुपमा १२० करोडको व्यापार गरेको थियो। 

दे दनादन 

सन् २००९ मा रिलिज भएको दे दनादनमा कट्रिना र अक्षयको केमेस्ट्री हेर्न लायक रहेको छ। चलचित्रले ८२ करोडको कमाई गर्न सफल भएको थियो। 

तीस मार खा 

फराह खानद्वारा निर्देशित तीस मार खा ले पनि बक्स अफिसमा धमाका मच्चाउन सदाल भएको चलचित्र हो। फिल्मले वर्ल्डवाइड रुपमा ९० करोडको व्यापार गर्न सफल भएको थियो। 
 

 

अक्षय कुमार कट्रिना कैफ चलचित्र

विशेष