स्वास्थ्य

केरा खाएर बोक्रा फाल्नुहुन्छ ? यस्ता छन फाइदाहरु

केरा खाएर बोक्रा फाल्नुहुन्छ ? यस्ता छन फाइदाहरु

केराको प्रयोग तौल घटाउन बढाउनदेखि लिएर अन्य विविध किसिमले गरिने गरिन्छ। यसमा भिटामिन, मिनारल्स,प्रोटिन, एन्टी फंगल,फाइबर आदि पोषक तत्व हुन्छ। तपाईलाई सायदै थाहा छैन कि केराको बोक्रा पनि केराको फल जतिकै फाइदाजनक छ। केरा केराको गुदी खाइसकेपछि त्यसको बोक्रा फाल्ने हाम्रो बानी नै हो, तर आज हामी केरका बोक्राका यस्ता फाइदा बताउन जाँदैछौं जुन थाहा पाएर तपाईले केराको गुदी त के बोक्रा पनि फाल्नुहुने छैन 

-एक अध्ययनका अनुसार यदि ३ दिनसम्म दैनिक २ ओटा केराको बोक्रा खाएमा शरीरमा सेरोटोनिन हर्मोनको मात्रा १५ प्रतिशतसम्म बढ्छ। साथै यसले मुड फ्रेस बनाईराख्न पनि मदत पुर्याउछ। 

-केराको बोक्रामा ट्रिप्टोफेन नामक एक यस्तो तत्व हुन्छ जसले आरामदायी निन्द्रामा मदत पुर्याउछ। 

-केराको बोक्रामा केरामा भन्दा बढी मात्रामा फाइबर तत्व पाइन्छ, जसले शरीरमा कोलेस्टोरेलको मात्रा कम गर्न मदत गर्छ। परिणामस्वरुप यसले मोटोपन समेत कम गराउछ। 

-केराको बोक्रामा पाइने ल्यूटिन नामक तत्वले आँखाको ज्योति बढाउन सहायोग  पुर्याउछ। 

-यसले शरीरमा राता रक्ताकोशिकालाई टुट्नबाट जोगाउछ। तर यसमा पहेंलो बोक्राको अलावा काँचो हरियो केराको बोक्रा फाइदाजनक हुन्छ। 

-केराको बोक्रा त्वचाको लागि पनि फाइदाजनक छ, यसले अनुहारको कालो पोतो, दाग धब्बा, चाउरीपन, दाद आदि मेटाउन सहायोग गर्छ।

-केराको बोक्रा रगत सफा गर्न र कब्जियतका लागि पनि फाइदाजनक छ।

 

 

फाइदा केराको बोक्रा

विशेष