मनोरञ्जन

ऋतिकदेखि कट्रिनासम्म बलिउड कलाकारका कार्बन कपि हुन हलिउडका यी ५ स्टार

ऋतिकदेखि कट्रिनासम्म बलिउड कलाकारका कार्बन कपि हुन हलिउडका यी ५ स्टार

बलिउडका केहि कलाकारहरु यस्ता छन जसको अनुहार हुबहु अरुसँग मिलेको देख्दा दर्शकहरु समेत चकित पर्ने गरेका छन। बलिउडका केहि सेलिब्रेटी यस्ता छन जो हुबहु हलिउड सेलिब्रेटी झैँ देखिन्छन, तस्बिरमा हेर्नुहोस 

ऋतिक रोशन र ब्रेडली कूपर

बलिउड अभिनेता ऋतिक रोशन र हलिउड अभिनेता  ब्रेडली कूपरलाई एकअर्काको डुप्लिकेट भन्ने गरिन्छ। यी दुबैको आँखाको रंगको अलावा अनुहारमा पनि केहि समानता देखिन्छ। ऋतिक र ब्रेडलीलाई एकसाथ देखियो भने  देख्नेको आँखाले धोका खान सक्छ। 

कट्रिना कैफ र कोबी स्मुल्डेर्स 

कट्रिना कैफ र  'हाऊ आई मेट योर मदर' की अभिनेत्री कोबी स्मुल्डेर्स एकअर्काका कार्बन कपि हुन्।  यी दुबैको फिचर्स मात्र नभई पर्सनालिटी पनि समान देखिन्छ। मात्र यी दुई अभिनेत्रीको कपालको रंग अलिक अलग छ। 

दिया मिर्जा र  एने हाथवे

दीया मिर्जाको तुलना हलिउड अभिनेत्री एने हाथवेसँग गर्ने गरिन्छ। यी दुईको तस्बिर हुबहु उस्तै देखिन्छ। सिम्पल ब्युटीको नामले परिचित दिया मिर्जा एनेको कार्बन कपी हुन्।  

ईशा गुप्ता र  एंजेलीना जोली

मोडल अभिनेत्री ईशा गुप्ता र हलिउड ब्युटी एन्जेलिना जोली समान देखिन्छन। दुबैको आँखादेखि ओठ पनि समान छन। त्यस्तै ऐश्वर्याको पनि जोलीसँग तुलना गर्ने गरिन्छ। 

रणवीर कपूर र रेयान गोस्लिंग

झट्ट हेर्दा रणवीर कपूर र रेयान गोस्लिंग झट्ट हेर्दा एक समान देखिन्छन। बस यी दुईको कपालको रंग मात्र फरक छ। तस्बिर हेर्दा यी दूइ एकअर्काका कार्बन कपी हुन्।  

 

 

 

 

 

 

सेलिब्रेटी कार्बनकपी

विशेष