स्वास्थ्य

ओछ्यानमै पिसाब फेर्ने समस्या छ? यी हुन् कारण

ओछ्यानमै पिसाब फेर्ने समस्या छ? यी हुन् कारण

काठमाडौंः पाँच वर्षसम्मका बालबालिकाले ओछ्यानमै पिसाब फेर्नु स्वाभाविक हो । तर, बुझ्ने भएपछि पनि ओछ्यानमै पिसाब गर्नु मनोवैज्ञानिक समस्या हो । शरीरमा तन्त्रिकाहरूको विकास भइसकेपछि बच्चामा धेरै कुराको ज्ञान भइसकेको हुन्छ । तर, कतिपय अवस्थामा तन्त्रिकाहरू पूर्ण विकसित नहुने हुन्छ । यसले उसको मनोविज्ञानमा असर पार्छ । अनि, पिसाब आएको थाहा नहुने भएकाले ओछ्यानमै पिसाब गर्छन् ।

कति उमेरसम्म? 

कतिपय बच्चामा उमेर बढ्दै जाँदा समस्या आफैँ हटेर जान्छ । तर, करिब १५ प्रतिशतमा १५ देखि २० वर्षको हुँदासमेत ओछ्यानमै पिसाब फेर्ने समस्या रहन्छ । योचाहिँ ठूलै समस्या हो । 

कारण

बच्चाको मेरुदण्डको पूर्ण विकास नहुनु, मनोवैज्ञानिक असर, गतल जीवनशैली आदिका कारण यस्तो समस्या देखा पर्ने गर्छ । 

रोकथाम

ओछ्यानमै पिसाब गर्नु पिसाबसम्बन्धी समस्या नभएर न्युरो साइकियास्ट्रिक समस्या हो । तसर्थ, मेरुदण्डको एक्स–रे गरेर केही निश्चित औषधिको प्रयोगबाट यसको उपचार गर्न सकिन्छ । यसका लागि पिसाबसम्बन्धी विशेषज्ञसँगै साइकोलोजिस्टसँग परामर्श लिनुपर्छ ।

बच्चाको जीवनशैलीमा ध्यान दिनसके आधाभन्दा बढी समस्या आफैँ हट्छ । बच्चालाई मनोवैज्ञानिक समर्थन आवश्यक छ । 

अभिभावकले बच्चाले पिसाब गर्ने समय ख्याल गर्दै निश्चित समयमा बिउँझाउनुका अलार्म सेट गर्ने गर्नुपर्छ । यसो गर्दा समय–समयमा शौचालय जाने बानी पर्छ र समस्या बिस्तारै कम  हुँदै जान्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

पिसाब ओछ्यान

विशेष