Technology

एनसेलले ल्यायो 'भ्यालेन्टाइन अफर'

एनसेलले ल्यायो 'भ्यालेन्टाइन अफर'

काठमाडौँ। ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै एनसेलले भ्यालेन्टाइन अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन्।

यो भ्यालेनटाइन अफर यहि शुक्रबार (माघ १८) बाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन्।  

सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन। यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा पठाउन सकिन्छ।

सेवा सुचारु गर्न ग्राहकले एस्ट्रिक्स् १७१०६ पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गर्न सक्नेछन । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् ।

 

एनसेल भ्यालेन्टाइन अफर

विशेष