त्रिकोणात्मक सिरिजः अमेरिकासँग खेल्दै नेपाल (हेड टु हेडसहित)

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज अमेरिकन टीमसँग खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुनेछ । जारी सिरिजमा दुवै टीम पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।
शनिबारको खेल दुवै टीमका लागि सिरिजमा पहिलो जित दर्ता गर्ने अवसर छ । नेपाली टीमले पहिलो खेलमा ओमानविरुद्ध बलिङ राम्रो गरे पनि ब्याटिङ भने सन्तोषजनक गर्न सकेन । विगत झैं ओमानविरुद्ध पनि ब्याटिङमा नेपालको सुरुवात निकै खराब रह्यो ।
पहिलो खेलमा नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ र पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएको थियो । ओमान विरुद्धको कमजोर ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकासँग जित निकाल्ने रणनीतिमा छ ।
नेपालविरुद्ध अमेरिकाः हेड टु हेड
२००८ डिभिजन ५ः शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी
२०१० डिभिजन ४ः वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी
२०१० डिभिजन ५ः लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी
२०१२ डिभिजन ४ः लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी
२०१३ डिभिजन ३ः अमेरीका ९४ रनले विजयी
२०१४ डिभिजन ३ः नो रिजल्ट वर्षाले रद्ध
अर्को खेलमा नेपाल डी एलमा १० रनले विजयीः अमेरिका २२३ मा ९ विकेट, नेपाल ७३ मा एक विकेट, बर्षाले खेल २२ ओभरमा झारिएको थियो ।
एकदिवसीय त्रिकोणात्मक सिरिज नेपालविरुद्ध अमेरिका