खेल

बिग बास लिगको फाइनल आज, सन्दीपआवद्ध मेलबर्नलाई पहिलोपटक उपाधि जित्ने अवसर

बिग बास लिगको फाइनल आज, सन्दीपआवद्ध मेलबर्नलाई पहिलोपटक उपाधि जित्ने अवसर

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को फाइनल आज हुँदैछ । फाइनलमा मेलबर्न स्टार्स र सिड्नी सिक्सर्स खेल्दै छन् । मेलबर्न–सिक्सर्सबीचको फाइनल म्याच २ बजेदेखि सिड्नीमा सुरु हुनेछ । आठ संस्करण खेल्दासम्म मेलबर्नले हालसम्म उपाधि जित्न सकेको छैन ।

स्टार्सले यसअघि दुईपटक फाइनलमा स्थान बनाउन सके पनि उपाधि हात पार्न भने असफल रह्यो । गत सिजनमा पनि फाइनल पुगेको स्टार्स मेलबर्न रेनेगेड्सँग पराजित भएको थियो । यता सिक्सर्सले भने एकपटक बीबीएलको उपाधि जितिसकेको छ ।

फाइनल म्याचका लागि मेलबर्न र सिक्सर्सले शुक्रबार नै १३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । बिहीबार ‘द च्यालेन्जर’मा सिड्नी थन्डरलाई २८ रनले हराउँदै मेलबर्न फाइनलमा पुगेको हो । सिक्सर्सले भने ‘क्वालिफायर’मा मेलबर्नलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

जारी बीबीएलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट खेलेका थिए । उनी नेपाल र ओमानसँगको त्रिकोणात्मक वानडे सिरिजका लागि नेपाल फर्किसकेका छन् । सन्दीपले योपटकको बीबीएलमा १३ म्याचमा १५ विकेट लिएका थिए ।

फाइनलका लागि मेलबर्नको टोलीः मार्कस स्टोइनिस, निक म्याडिन्सन, निक लार्किन, ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर–नाइल, बेन डंक, सेब कोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, जोनाथन मेर्लो, हरिस रौफ, डानियल वर्रल र एडम जम्पा ।

फाइनलका लागि सिक्सर्सको टोलीः जोस फिलिप, जेम्स विन्स, सीन एबट, ज्याक्सन बर्ड, बेन द्वारशुइस, जोस हेजलवुड, मोइसेस हेनरिक्स (कप्तान), ड्यान ह्युजेस, नाथन लियोन, स्टिभ स्मिथ, लोयड पोप, स्टिभ ओकिफ र जोर्डन सिल्क ।

बिग बास लिग बीबीएल मेलबर्न स्टार्सविरुसिड्नी सिक्सर्सद्ध

विशेष