खेल

अमेरिकाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, कुशल मल्लको डेब्यू

अमेरिकाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, कुशल मल्लको डेब्यू

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र अमेरिकाबीचको खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ । जारी सिरिजमा दुवै टीम पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।

शनिबारको खेल दुवै टीमका लागि सिरिजमा पहिलो जित दर्ता गर्ने अवसर छ । नेपाली टीमले पहिलो खेलमा ओमानविरुद्ध बलिङ राम्रो गरे पनि ब्याटिङ भने सन्तोषजनक गर्न सकेन । विगत झैं ओमानविरुद्ध पनि ब्याटिङमा नेपालको सुरुवात निकै खराब रह्यो ।

पहिलो खेलमा नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ र पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएको थियो । ओमान विरुद्धको कमजोर ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकासँग जित निकाल्ने रणनीतिमा छ । आजको खेलमा कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्यूको मौका पाएका छन् । रोहित पौडेललाई रिप्लेस गर्दै कुशलले वानडेमा डेब्यूको मौका पाएका हुन् । यस्तै शरद भेषावकरको स्थानमा सुवास खकुरेल पनि प्लेइङ ११ मा अटाएका छन् । आजको खेलमा सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने छन् ।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।

कुशल मल्ल अमेरिकाविरुद्ध नेपाल

विशेष