राशिफल

यो साता कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस माघ २५ देखि फागुन २ गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

पारिवारिक असमझदारी बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। साताको अन्त्यबाट  नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

छोटो दुरीको  लाभदायक यात्रा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

धनआर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन। साहित्य कलाको क्षेत्रमा बिशेष रुचि बढ्नेछ। सभा समाहरोहमा सहभागी भइने छ।  साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

लामो समयदेखि रोकिएका काम सरलातापुर्वक सम्पादन हुनेछ। शारीरिक कमजोरी तथा आलस्यताले महत्त्वपूर्ण कार्य छुट्न सक्छ, उचित व्यवस्थापन गर्नुहोला । साताको अन्त्यमा पारिवारिक किचलोले सताउनेछ ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

स्थिर निर्णय लिन नसक्दा महत्वपुर्ण काम हातबाट फुस्किने छ। पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको अन्त्यमा पारिवारिक सहयोग पाइने छ। सोचेअनुरुप कार्य सम्पादन हुनेछ। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

घरमा मांगलिक कार्यको आयोजना हुनेछ । बिगतका हौसलाले थप कार्य गर्ने हौसला बढ्नेछ। सामाजिक काममा मन जानेछ। बैदेशिक यात्रा सुखद रहनेछ। साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । समाजिक कार्यमा मन जाला । जोश जाँगर र हिम्मत बढ्नेछ 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

लामो समयदेखि अधुरै रहेको काम सम्पादन हुनेछ। मनोरञ्जन तथा विलासीपूर्ण चाहना पूरा हुनेछ । बोलीको मधुरताले विशिष्ट व्यक्तिबाट पुरस्कृत तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सक्नुहुनेछ । घरायसी व्यवहारमा संलग्न नभएमा नै उपयुक्त हुनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

बोल्दा विचार पुर्याउन पर्नेछ। अनेक चुनौतिहरु सामना गर्नुपर्ने छ। अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ। पेटसम्बन्धि समस्याले सताउने छ। साताको मध्यबाट जीवनशैलीमा क्रमश सुधार हुँदै जानेछ। धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। समग्रमा तपाईको यो सात मध्यम रहेको छ।  

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

लामो समयदेखि रोकिएको काम पुरा हुनेछ । नया सम्बन्धको प्रस्ताव आउने छ । आफ्ना कमजोरीपनले पछिसम्म सताउला । आर्थिक लगानी गर्ने अवसर जुट्न सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

शुभकार्यको चर्चा चल्नेछ। आफ्नो दक्षता देखाउने समय छ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

सुखद समाचारले मन प्रफुल्लित बनाउने छ । आस मारेका काम पनि सजिलै बन्नेछ। धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन। सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।

 

#साप्ताहिक राशिफल

विशेष