खेल

कुसल मल्ल वानडेमा अर्धशतक बनाउने कान्छा क्रिकेटर

कुसल मल्ल वानडेमा अर्धशतक बनाउने कान्छा क्रिकेटर

काठमाडौंः नेपाली क्रिकेट टीमका युवा अलराउन्डर कुशल मल्लले एकविदसीय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । अन्तर्राष्ट्रिय एकविदसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउँदै कुसलले विश्व कीर्तिमान बनाएका हुन् । उनले आज आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको डेब्यू म्याचमै अर्धतक बनाएका हुन् ।

यसअघि वानडे क्रिकेटमा यो कीर्तिमान नेपालकै अर्का युवा अलराउन्डर रोहित कुमार पौडेलको नाममा थियो । उनले यूएईविरुद्धको एक दिवसीय सिरिजमा अर्धशतक बनाएका थिए । त्यसबेला उनी १६ वर्ष र एक सय ४६ दिनका थिए । कुशल भने १५ वर्ष ३ सय ४० दिनका भएका छन् ।

कीर्तिपुर मैदानमा भएको खेलमा पाँच विकेट पतन भएपछि क्रिजमा पुगेका कुशलले उत्कृष्ट प्रदर्शन गरे । ४९ रन हुँदा पाँच विकेट गइसकेको अवस्थामा ब्याट सम्हालेका कुशलले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ्स सम्हालेका थिए । कुसल आफ्नो डेब्यू म्याचमा ५१ बलमा ५० रन बनाएर आउट भएका छन् ।

कुशल मल्ल अर्धशतक नेपाली क्रिकेट टीम

विशेष