खेल

त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, कमल ऐरीको डेब्यू

त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, कमल ऐरीको डेब्यू

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र ओमानबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुँदैछ ।

आजको खेलमा नेपाली टीमका युवा तिव्र गतिका बलर कमलसिंह ऐरीले डेब्यू गर्ने भएका छन् । उनले अविनाश बोहरालाई रिप्लेस गर्दै डेब्यू गरेका हुन् । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।

टी–२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित हासिल गर्न सकेको छैन । नेपाल आज ओमानविरुद्ध उत्रदा सात वर्षपछि जित निकाल्ने लक्ष्यमा हुनेछ ।

लिग २ मा ६ म्याच खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । उसले अमेरिकालाइ पनि ६ विकेटले हराएको थियो ।

जारी सिरिजमा नेपालले अमेरिकालाई हराउँदै जित सुरुवात गरेको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आज पनि नेपाल जितकै लक्ष्यका साथै मैदान उत्रिएकाे छ ।

ओमानविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने ।

बेन्चः रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा ।

ओमानविरुद्ध नेपाल त्रिकोणात्मक एकदिवसीय सिरिज कमलसिंह ऐरी

विशेष