‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेको टिकट बिक्री खुला

काठमाडौंः नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला गरिएको छ । टिकट ई–सेवाबाट काट्न सकिने छ । ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार टिकट दर तीन हजार रुपैयाँ तोकिएको छ । जम्मा दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ ।
ग्रान्ड फिनाले चैत १ गते हुँदैछ । कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले टिकट थोरै मात्रै बिक्री गरिएको हो ।
ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।
कमेडी च्याम्पियन सुमन कोइराला खड्गबहादुर पुन हिमेश पन्त