पानीमा लामो समयसम्म राख्दा किन चारिन्छ छाला ?
नुहाएपश्चात या धेरै समयसम्म पानी चलाउँदा हाम्रो शरीरका छाला चाउरिन्छ । पानीमा भिजेपछि हत्केला, औंला, खुट्टा लगायतका भागको छाला चाउरिएको अनुभव त तपाईले सायदै गर्नुभएको छ । तर, यस्तो किन हुन्छ ? कतिपयले यस्तो हुनुमा जैविक रासायनिक कारण भएको पनि बताउछन ।
यसका अलावा पानीमा भिजेसँगै छालाबाट केही कणहरु बाहिर निस्कने र छाला खुम्चिने भन्नेहरु पनि छन । तर वैज्ञानिकहरुका अनुसार यसरी छाला खुम्चिनु भनेको केवल अस्मोसिस अर्थात् छालाभित्रका कणहरु बाहिर आउनुका मात्र होइन । किनकी यदि पानीमा भिजेको बेला खुम्चिने शरीरका त्यस्ता भागमा स्नायुहरु काटिदिने हो भने त्यस्तो चाउरीपन नै देखापर्दैन । यसको अर्थ, पानीमा डुबाउँदा चाउरिएको छालाले यो देखाउँछ की हाम्रो स्नायु प्रणालीले ठिकसँग काम गरिरहेको छ ।
चर्चित अमेरिकी वैज्ञानिक मार्क चांगिजी भन्छन्, ‘हाम्रो शरीरले बदलिँदो बाह्य वातावरणमा अनुकूलित हुनका लागि आफुलाई वातावरण अनुरुप ढाल्दछ । पानीमा छाला चाउरिनु पनि त्यही हो । ताकी यसरी चाउरिँदा कुनै चिजलाई सही ढंगले समात्न सकियोस ।’ मार्कका अनुसार मानिसमा मात्र होइन, यसरी पानीमा छाला चाउरिने क्रिया बाँदर तथा यहीं प्रजातिका अन्य जिवमा पनि पाइन्छ । त्यसैले पानीमा भिजेको बेला हत्केला तथा औंलाहरुको छाला चाउरिनुको कारण मानिस तथा बाँदरले राम्रोसँग पक्रिन सकोस् भन्ने रहेको दाबी जिव वैज्ञानिकको छ ।
वास्तवमा यो मानिसमा क्रम विकाससँगै विकास भएको क्षमता हो । शोधकर्ताहरुका अनुसार भिजेको हातले हामीले पानीभित्र डुबेका चिजहरुलाई सुख्खा हातले भन्दा छिटोछिटो उठाउन सक्छौं ।
छाला चाउरिनु