हङकङविरुद्ध नेपालले टस जित्यो, यी खेलाडीले पाए प्लेइङ ११ मा मौका

काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ८ः१५ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालले आज हङकङलाई हाराउँदै लय समात्न चाहेको छ ।
जारी प्रतियोगितामा हङकङको भने यो पहिलो म्याच हो । पछिल्लो समय तुलानात्मक रुपमा नेपालभन्दा हङकङ कमजोर भएको देखिन्छ । उसका महत्वपूर्ण खेलाडी अंशुमन रथ र बाबर हयात टोलीमा छैनन् । तथापि नेपाललाई चुनौती दिनसक्ने खेलाडी हङकङसँग अझै छन् ।
किन्चित शाह, अजिज खान, निजाकत खान र हारुन अरशद हङकङ टीमका बलिया हतियार हुन् । हङकङविरुद्ध पनि नेपाली टीमले मलेसियासँग खेलेकै प्लेइङ ११ मा उतारेको छ । आज पनि भुवन कार्की, सन्दीप जोरा र किशोर महतोले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
हङकङविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी (विकेटकीपर) पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र सुशन भारी ।
बेन्चः सन्दीप जोरा, भुवन कार्की र किशोर महतो ।
हङकङविरुद्ध नेपाल इस्टर्न रिजन पुरुष कप