स्वास्थ्य

डब्लूएचओद्वारा कोरोना भाइरस 'विश्वव्यापी महामारी' घोषित

डब्लूएचओद्वारा कोरोना भाइरस 'विश्वव्यापी महामारी' घोषित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभर तीव्रगतिमा फैलिरहेको कारोना भाइरसलाई ‘विश्वव्यापी महामारी’ का रुपमा घोषणा गरेको छ। 

डब्लूएचओले बुधबार पत्रकार सम्मेलन गरी यो भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको हो। पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले यो भाइरसलाई हल्का रुपमा लिएर लापरबाही नगर्न पनि सचेत गराएका छन्। यो भाइरसको प्रभाव दिनानुदिन संसारभर फैलिरहेकोले विश्व जगत् नै चिन्तित बनेको अवस्थामा रोकथामका लागि सचेत रहन महानिर्देशक टेड्रोसले आग्रह गरे।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लिन अब आक्रामक निर्णय लिन अति आवश्यक भइसकेको छ’, उनले भने, ‘म सबै देशका सरकारलाई अपिल गर्छु कि बेलैमा उचित कदम चाल्नुपर्छ।’ महानिर्देशक टेड्रोसले कोरोना रोकथामको प्रयाससँगै आपतकालीन स्थिति आउँदा अस्पताल, स्वास्थ्य संस्था, चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई  अलर्ट राख्नसमेत आग्रह गरेका छन्।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ४ हजार बढीको ज्यान गइसकेको छ भने सवा लाखभन्दा बढी संक्रमित छन्।

 

कोरोना विश्वव्यापी महामारी

विशेष