मनोरञ्जन

विवाह बन्धनमा बाँधिईन अभिनेत्री आँचल शर्मा

विवाह बन्धनमा बाँधिईन अभिनेत्री आँचल शर्मा

काठमाडौँ । अभिनेत्री आँचल शर्मा बिवाह बन्धनमा बाँधिएकी छिन । बिहिबार बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगनगाँठो कसेकी हुन् ।

विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु सार्वजनिक गरेकी छन् ।

तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।
गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए ।

बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् ।

 

आचल शर्मा बिहे

विशेष