खेल

हङकङको तेस्रो विकेट पतन, सन्दीपलाई पहिलो सफलता

हङकङको तेस्रो विकेट पतन, सन्दीपलाई पहिलो सफलता

काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप अन्तर्गत हङकङसँगको खेलमा नेपाली टीमका स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले नेपाललाई तेस्रो सफलता १०.२ ओभरमा दिलाएका हुन् ।

सन्दीपले निजाकत खान मोहम्मदलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । यसअघि नेपाललाई पहिलो र दोस्रो सफलता सुशन भारीले दिलाइसकेका छन् । टस हारेर ब्याटिङको मौका पाएको हङकङले यो समाचार तयार पार्दासम्म ११ ओभरमा ३ विकेट गुमाएर ९० रन बनाएको छ ।

जारी प्रतियोगितामा हङकङको यो पहिलो म्याच हो । पछिल्लो समय तुलानात्मक रुपमा नेपालभन्दा हङकङ कमजोर भएको देखिन्छ । उसका महत्वपूर्ण खेलाडी अंशुमन रथ र बाबर हयात टोलीमा छैनन् । तथापि नेपाललाई चुनौती दिनसक्ने खेलाडी हङकङसँग अझै छन् । किन्चित शाह, अजिज खान, निजाकत खान र हारुन अरशद हङकङ टीमका बलिया हतियार हुन् ।

पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ । एसिया कप छनौटमा पुग्न शीर्ष दुईमा पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ । हङकङविरुद्ध पनि नेपाली टीमले मलेसियासँग खेलेकै प्लेइङ ११ मा उतारेको छ । आज पनि भुवन कार्की, सन्दीप जोरा र किशोर महतोले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

हङकङविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी, पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र सुशन भारी ।

बेन्चः सन्दीप जोरा, भुवन कार्की र किशोर महतो ।

हङकङविरुद्ध नेपाल सन्दीप लामिछाने इस्टर्न रिजन कप

विशेष