मनोरञ्जन

कोरोनाको मारमा सुर्यबंशी: रिलिज मिति पछाडी धकेलियो

कोरोनाको मारमा सुर्यबंशी: रिलिज मिति पछाडी धकेलियो

एजेन्सी । सुपरस्टार अक्षय कुमारद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र सुर्यबंशीको कोरोना भाइरसका कारण रिलिज मिति पछाडी सरेको छ । मार्च २४ देखि रिलिज हुने भनिएको चलचित्रको कोरोना भाइरसका कारण एक महिना पछाडी धकेलिएको भारतीय संचारमध्यमहरुले जनाएका छन।  

चलचित्रका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् । चलचित्रको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ । 

रिलिज मिति अनिश्चितकालको लागि स्थगित गरिएको 'सुर्यबंशी' मा कट्रिना कैफ र अक्षय कुमार मुख्य भूमिकामा रहेका छन । यसका अलावा चलचित्रमा अजय देवगन र रणवीर सिंह पनि अतिथि भूमिका रहेका छन । 

सुर्यबंशी

विशेष