राशिफल

चैत संक्रान्ति कुन राशिका लागि शुभ छ ? हेर्नुहोस राशिफल

चैत संक्रान्ति कुन राशिका लागि शुभ छ ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल चैत महिनाको १ गते शनिबार, तदअनुसार सन् २०२० मार्च १४ तारिख, आज चैत संक्रान्ति, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष–

गरेका कामहरु सफल हुनेछन । लामो समयदेखि अधुरा रहेका कामहरु पनि बन्ने छन । अनावश्यक धन पैसाको खर्च होला अलि विचार पुर्याउनुहोला ।  

वृष–

झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ ।  पारिवारिक कलह सिर्जना हुनेछ ।  

मिथुन–

केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । पढाई लेखाईमा स्सफल भइने छ ।  सोचेको कार्यले सार्थकता पाउलान। 

कर्कट–

नयाँ कार्यको थालनी गर्ने समय छ ।  धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । 

सिंह–

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । रमणीय स्थानको यात्रा हुनेछ ।  

कन्या–

गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । 

तुला–

आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला ।  

वृश्चिक–

परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । 

धनु–

अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ  ।

मकर–

सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला ।

कुम्भ–

प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ ।  

मीन–

शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । 
 

राशिफल

विशेष