शरीरमा क्याल्सियमको कमि हुन् नदिन डाइटमा समावेश गर्नुहोस यी खानेकुरा
शरीरलाई स्वस्थ बनाईराख्नका लागि हाम्रो शरीरलाई पोषक तत्वको आवश्यकता पर्छ। तिनै पोषक तत्वमध्येको एक हो क्याल्सियम। क्यल्सियमले हड्डीहरुलाई मजबुत पार्न सहयोग गर्दछ। क्याल्सियमको कमीले गर्दा हाडजोर्नी दुख्ने तथा हड्डीसम्बन्धि केहि घातक रोग लाग्ने सम्भावना रहन्छ।
त्यसकारण आज हामी शरीरमा क्याल्सियमको कमि हुन नदिन डाइटमा समावेश गर्नुपर्ने केहि खानेकुराहरुको बारेमा बताउन जाँदैछौं जसले शरीरमा हुन सक्ने क्याल्सियमको कमीलाई निराकरण गर्न सक्छ।
सेतो तिलको सेवनबाट हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, आइरन, जिङ्क ,म्याग्नेसियम, जिंक जस्ता पोषक तत्व प्राप्त हुन्छ । यद्धपी यसमा क्याल्सियमको मात्रा बढी हुने भएकाले सेतो तिललाई आयुर्वेदमा हाडजोर्नीका लागि बरदान सरह मान्ने गरिन्छ ।
सेतो तिलका अलावा हामीले हाम्रो डाइटमा मेथी पनि प्रयोग गर्न सक्छौं किनकी यसमा भरपुर मात्रामा क्याल्सियमको मात्रा पाइन्छ। रातभर पानीमा भिजाएर बिहान उठेर मेथीको दाना या पानी खानाले पनि हाडजोर्नी सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
क्याल्सियम