मनोरञ्जन

‘कमेडी च्याम्पियन’को फिनाले आज, प्रमुख अतिथि महजोडी र राजेश हमाल

‘कमेडी च्याम्पियन’को फिनाले आज, प्रमुख अतिथि महजोडी र राजेश हमाल

काठमाडौंः नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को ‘ग्रान्ड फिनाले’ आज हुँदैछ । ‘कमेडी च्याम्पियन’को ‘ग्रान्ड फिनाले’ च्यासलस्थित ‘कमेडी च्याम्पियन’कै स्टुडियोमा हुन लागेको हो।

होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा गर्ने तयारी गरिएता पनि कोरोनाको जोखिमका कारण ‘फिनाले’ च्यासलस्थित आफ्नै स्टुडियोमा हुन लागेको हो ।

ग्रान्ड फिनालेमा प्रमुख अतिथि महजोडी मदनकृष्ण श्रेष्ठ–अरिवंश आचार्य र महानायक राजेश हमाल उपस्थित हुँदै छन् । ‘कमेडी च्याम्पियन’ फिनाले आज अपरान्ह ४ देखि ७ बजेसम्म चल्ने छ । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । रिमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। 

कमेडी च्याम्पियन

विशेष