राशिफल

यो साता कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस चैत १ देखि ७ गतेसम्मको साप्ताहिक राशिफल 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

नयाँ काम गर्ने जोश जाँगर बढेर आउनेछ । आकस्मिक धनलाभको योग रहेको छ ।  बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ । साताको अन्त्यमा केहि समस्या आइपरे पनि काममा भने सफलता हाता लाग्नेछ ।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

रमाइलो यात्राको अवसर जुट्नेछ । आफन्तजनको माध्यामबाट शुभ समाचार सुन्न पाइने छ ।  धनआर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन ।  साताको अन्त्यमा भरोसा गरेकै व्यक्तिबाट धोका पाइने छ अलि विचार पुर्याउनुहोला ।   

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

व्यापार व्यवसायबाट लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुचीपनि बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।  धर्मकर्ममा मन जानेछ । मान सम्मानमा वृद्धि हुनेछ ।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

अधिकार प्राप्तिका लागि ठुलै संघर्ष गर्नु पर्ने समय छ ।   अनावश्यक र फजुलमा खर्च बढ्नेछ । मालसामान हराउन सक्छ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटले मन प्रसन्न रहला । 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

धर्मकर्म तथा समाजसेवामा मन जानेछ । पुराना सफलताले काम गर्ने हौसला बढ्नेछ । सानातिना पारिवारिक झमेलामा अल्झिने समय छ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धन प्राप्तिको योग रहेको छ । प्रेम तथा मित्रताको बन्धन कसिने बेला छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

यो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । यात्रामा मालसामान हराउन सक्छ । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । समग्रमा धनु राशिका लागि यो साता सुखद रहेको छ ।  

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आस मारिसकेको काम बन्नेछ । विद्यामा सफलता र मान प्रतिष्ठामा बृद्धिपनि होला । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

घरमा अतिथीको आगमन हुनेछ । अचानक मित्र भेटले मन प्रफुल्लित हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मानसिक चिन्तापनि बढ्ला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । मनमा दुविधापनि हुनेछ । साताको मध्यबाट क्रमश व्यवहार सुध्रिँदै जानेछ ।  

 

#Weekly Horoscope

विशेष